टाटा कोमेगा सर्भिस क्याम्प हुँदै



काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यही १० देखि १२ पुससम्म सर्भिस क्याम्प गर्दै छ । कम्पनीले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको हो ।

काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टी मोड, पोखरा, इटहरी, मेची, वीरगन्ज, ढल्केबर, हेटौँडा, धनगढी, नेपालगन्जमा सर्भिस क्याम्प रहेको छ । क्याम्पमा म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्