नबिलले सुरु गर्‍यो एन बैंक



काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एन बैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ । त्यससँगै मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरीे एन बैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल पहिलो बैंक भएको छ । बैंकले एन बैंकलाई एउटा छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको जनाकारी दिएको छ ।

एन बैंकको उपयोगमार्फत खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानी जस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्ने बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्