केएफसीको १५ औं शाखा सुन्धारामा



काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा १५औँ शाखा कर्मचारी सञ्चयकोष भवन (काठमाडौं मल), सुन्धारामा खोलेको छ । केएफसीले क्रिसमस डे र अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा अफरसमेत ल्याएको छ ।

उक्त अफरमा रेस्टुराँमा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट बिल तिर्दा छिटो सेवा पाउने नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेसनल नेपाल प्रा.लि.ले जनाएको छ ।

२ हजार ३४० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा १ पटकमा ७० जना अट्नेछन् । रेस्टुरेन्ट बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म डाइन-इन र टेक अवेमार्फत सेवा दिइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्