सिद्धार्थ बैंक सम्मानित



काठमाडौं । सिद्घार्थ बैंक लिमिटेड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (एसएएफए)ले प्रदान गरेको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ । उक्त अवार्ड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले दक्षिण एसियाली देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई मूल्याङ्कन गरी निजी बैंकिङलाई दिने गर्छ ।

काठमाडौंमा प्रदान गरिएको अवार्ड कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले लिएका थिए । उक्त अवार्डले बैंकलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशन गर्न हौसला मिलेको बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्