नेपालको वैदेशिक व्यापारतर्फ हेराइ



  • डा. सुमनुकुमार रेग्मी

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा १६४ वटा देशबाट १९ खर्ब २१ अर्ब रूपैयाँभन्दा बढीको सामान आयात भएको छ। भारतबाट २०७८/०७९ मा नेपालले १२ खर्ब १५ करोड २७ लाख रूपैयाँभन्दा बढीको सामान आयात गरेको थियो। १२ खर्ब रूपैयाँभन्दा बढीको सामान आयात हुँदा १ खर्ब ५५ अर्ब २२ करोड ३० लाख रूपैयाँ बराबरका सामान निर्यात भएको थियो।

नेपालले भारतसँग मात्र २०७८/०७९ मा १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाख रूपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो। भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। २०७८/०७९ मा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रूपैयाँ बराबरको आयात भएकामा ८० करोड ८७ लाख ५४ हजार रूपैयाँ बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग २ खर्ब ७३ अर्ब ९७ करोड ४९ लाख रूपैयाँ बराबरको व्यापार घाटा भएको थियो।

चीनसँगको आयातसँगै निर्यात वृद्धि हुँदै आएको छ। आ.व. २०७८/०७९ मा नेपालले २ खर्ब ३० करोड ९६ लाख रूपैयाँ बराबरको स्वदेशी कुल वस्तु निर्यात गरेको थियो । आ.व. २०७७/०७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रूपैयाँको निर्यात गरेको थियो। आ.व. २०७७/०७८ को तुलनामा आ.व. २०७८/०७९ मा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएका देखिन्छ।

आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटा वृद्धि भएको थियो। आ.व. २०७७/०७८ को तुलनामा आ.व. २०७८/०७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ। आ.व. २०७७/०७८ को तुलनामा आ.व. २०७८/०७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको थियो ।

आ.व. २०७८/०७९ मा देशको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रूपैयाँ पुगेको थियो । आ.व. २०७७/०७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रूपैयाँ बराबरको थियो।
आ.व. २०७८/०७९ मा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । तर, आ.व. २०७७/०७८ को तुलनामा २६ दशमलव १५ प्रतिशतले बढी छ । आ.व. २०७७/०७८ मा नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रूपैयाँको बराबरको वैदेशिक व्यापार गरेको थियो ।

कृषिप्रधान देशमा २ खर्ब ५० करोड रूपैयाँको खाद्यान्न आयात हुनुले हीनताबोध भएको छ। आ.व. २०७८/०७९ मा वार्षिक बजेटभन्दा झण्डै ३ खर्ब रूपैयाँभन्दा बढीको आयात, १७ खर्ब रूपैयाँभन्दा बढीको व्याापार घाटा रहेको देखिन्छ । १ वर्षको अवधिमा नेपालले १९ खर्ब २० अर्ब रूपैयाँको आयात गरेको देखिन्छ। आ.व. २०७८/०७९ को वार्षिक बजेट नै १६ खर्ब ३२ अर्ब रूपैयाँको थियो। आ.व. २०७८/०७९ मा व्यापार घाटा १७ खर्ब २० अर्ब रूपैयाँ छ । आ.व. २०७८/०७९ मा नेपालले सबभन्दा बढी इन्धनको आयातमा खर्च गरेको छ।

१ वर्षको अवधिमा नेपालले ३ खर्ब ८३ अर्ब रूपैयाँभन्दा बढीको इन्धन आयात गरेको छ। नेपालले इन्धनपछि सबभन्दा बढी खाद्यान्न, फलामजन्य सामग्री, इलेक्ट्रोनिक सामग्री आयात गरेको छ। नेपालको व्यापार घाटा सबभन्दा बढी भारतसँग भएको छ। नेपालले भारतबाट १२ खर्ब १५ करोड रूपैयाँको सामान आयात गरेको छ। भारतबाट १२ खर्ब रूपैयाँभन्दा बढीको सामान आयात हुँदा केवल ५५ अर्ब २२ करोड रूपैयाँ बराबरको सामान मात्र भारतर्फ निर्यात भएको छ।

नेपालले १० खर्ब ४४ अर्ब ९३ करोड रूपैयाँभन्दा बढीको व्यापार घाटा भारतसँग मात्र बेहोरेको छ । भारतपछि चीनसँग २ खर्ब ६३ अर्ब ९७ करोड रूपैयाँको व्यापार घाटा छ। १ वर्षमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोेड रूपैयाँको वैदेशिक व्यापार गरेको छ। आ.व. २०७७/०७८ मा नेपालको १६ खर्ब ८० अर्ब १७ करोड रूपैयाँको वैदेशिक व्यापार भएको थियो ।

सबै देशसँग व्यापार घाटाको कुरा गर्ने हो भने, आ.व. २०६९/०७० मा ५ खर्ब ३६ अर्ब २३ करोड रूपैयाँ थियो भने १० वर्ष पछि अर्थात् आ.व. २०७८/०७९ मा १७ खर्ब २० अर्ब ४१ करोड रूपैयाँ छ। आ.व. २०७८/०७९ मा मात्र डिजेलमा १ खर्ब ६८ अर्ब २३ करोड, पेट्रोलमा ७१ अर्ब ३८ करोड र एल.पी. ग्यासमा ६५ अर्ब ५५ करोड रूपैयाँ व्यापार घाटा छ। नेपालको निर्यात व्यापार २ खर्ब ३० करोड रूपैयाँ पुगेको छ । निर्यात व्यापार आ.व. २०७७/०७८ को तुलनामा आ.व. २०७८/०७९ मा ४१ दशमलव ७ प्रतिशतले बढेको छ।

आ.व. २०७८/०७९ मा निर्यात भएका वस्तुहरूमा प्रशोधित भटमासको तेल ४५ अर्ब ३५ करोड, प्रशोधित पाम तेल ३७ अर्ब ९४ करोड, सेन्थेटिक यार्न १० अर्ब १४ करोड, ऊनी गलैँचा र कार्पेट ७ अर्ब, तयारी कपडा ५ अर्ब ७६ करोड रूपैयाँको रहेको छ। आ.व. २०७९/०८० मा अघिल्ला महिनामा आयात, वैदेशिक व्यापारसँगै निर्यात पनि घटेको छ। आयात र निर्यातमा भएको कमीले देशको व्यापार घाटा पनि घटेको छ । आ.व. २०७९/०८० को ४ महिनामा देशको व्यापार घाटा १५ दशमलव ८८ प्रतिशतले घटेर ४ खर्ब ७७ अर्ब ९१ करोड रूपैयाँ कायम भएको छ।

व्यापार घाटा कम भएपछि आ.व. २०७९/०८० को असोजमा १४ महिनापछि अर्थात् आ.व. २०७८/०७९ को पछिल्लो २ महिनासहितमा देशको शोधनान्तर स्थिति बचतमा गएको थियो। असोज मसान्तसम्म शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रूपैयाँ बचतमा देखिन्छ । यसैगरी लामो समयदेखि दबाबमा रहेको विदेशी मुद्रा सञ्चितिसमेत २०७९ असारको तुलनामा २ दशमलव ५ प्रतिशतले बढेर असोजमा १२ खर्ब ४६ अर्ब २२ करोड रूपैयाँ पुगेकोे तथ्याङ्कले देखाउँछ।

स्वदेशमा उत्पादन कार्य हँुदै आयातीत वस्तुहरूका खपत बढ्नुका साथै अमेरिकी डलरसँगै नेपाली रूपैयाँको अवमूल्यन तया इन्धन पदार्थको भारी मूल्य वृद्धिका कारण वस्तुहरूका मूल्य बढ्न गएको भनिएको छ। केही वस्तुहरूको मूल्य वृद्धिमा बाह्य कारण भएको भन्दै त्यसमा सुधार आउन विश्वको अर्थतन्त्रमा सुधार आउनुपर्ने भनिएको छ। पेट्रोलियम पदार्थको उच्च मूल्यको अवस्था र नेपाली रूपैयाँको अवमूल्यनका कारण आयातीत वस्तुहरूको मूल्य बढ्न गई उपभोक्ता मूल्यमा चाप पर्न गएको देखिन्छ।

आ.व. २०७९/०८० मा अघिल्ला महिनामा आयात, वैदेशिक व्यापारसँगै निर्यात पनि घटेको छ। आयात र निर्यातमा भएको कमीले देशको व्यापार घाटा पनि घटेको छ। २०७९/०८० को ४ महिनामा देशको व्यापार घाटा १५ दशमलव ८८ प्रतिशतले घटेर ४ खर्ब ७७ अर्ब ९१ करोड रूपैयाँ कायम भएको छ। व्यापार घाटा कम भएपछि आ.व. २०७९/०८० को असोजमा १४ महिनापछि अर्थात् आ.व. २०७८/०७९ को पछिल्लो २ महिनासहितमा देशको शोधनान्तर स्थिति बचतमा गएको थियो । असोज मसान्तसम्म शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रूपैयाँ बचतमा रहेको देखिन्छ।

यसैगरी लामो समयदेखि दबाबमा रहेको विदेशी मुद्रा सञ्चितिसमेत २०७९ असारको तुलनामा २ दशमलव ५ प्रतिशतले बढेर असोजमा १२ खर्ब ४६ अर्ब २२ करोड रूपैयाँ पुगेकोे तथ्याङ्कले देखाउँछ । शोधनान्तर घाटा वृद्धि र विदेशी मुद्रा सञ्चितिमा कमी आएपछि २०७८ मङ्सिरदेखि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको थियो । शोधनान्तर घाटा वृद्धि र विदेशी मुद्रा सञ्चितिमा कमी आएपछि २०७८ मङ्सिरदेखि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको थियो।

यस नीतिमा १३ मङ्सिर २०७८ मा एउटा बीजकबाट १ पटकमा ३५ हजार अमेरिकी डलरभन्दा बढीको चाँदी आयात गर्न नपाइने व्यवस्था भयो । डीएपी अर्थात् डकुमेन्ट एगेन्स्ड पेमेन्ट, टीटी र ड्राफ्टबाट चाँदी आयातको भुक्तानीमा पनि रोक लगायो । त्यसको १ महिनामा आयात कर्जामा कडाइ गरियो। ५ पुस २०७८ मा विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतका सामान आयातको एल.सी. खोल्दा ५० र सत प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरियो ।

सबै किसिमका वस्तुहरूको मूल्य वृद्धि अझै कायम रहने देखिएको छ । मूल्य वृद्धि अनिश्चतकालसम्मका लागि रहने भनाइले आमसर्वसाधारण नागरिकको दैनिक जनजीवन अझ कठिन हुने देखिएको छ। दोस्रो आमचुनावपछिका सरकारले मूल्य वृद्धि व्यवस्थापन गरेर नागरिकको दैनिक जीवनमा सहज गर्ने अपेक्षा गरिएकै अवसरमा आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक पहिलो समीक्षा सार्वजनिक गर्दै मूल्य वृद्धि नेपालको मात्र नियन्त्रणमा नरहेको भनिँदै केही समयसम्म कायम रहने भन्दै अनिश्चितको सङ्केत गरिएको हो ।

अब हेरौं आ.व. २०७५/०७६ मा १४ खर्ब १८ अर्ब ५४ करोड रूपैयाँको सामान आयात भएको थियो। यो आायात अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी थियो। यसैगरी अघिल्लो वर्षमा कुल वस्तु निर्यात १९ दशमलव ४ प्रतिशतले बढेर जम्मा ९७ अर्ब ११ करोड रूपैयाँ पुगेको थियो। आयात र निर्यातबीचको उच्च असन्तुलनकै कारण कुल व्यापार घाटा १३ दशमलव ५ प्रतिशतले बढेर १३ खर्ब २१ अर्ब ४३ करोड रूपैयाँ भएको थियो । यस्तो अवस्थामा पछिल्ला वर्षमा आर्थिक विकास र समृद्धिको आशा गर्ने र ?

आ.व. २०७८/०७९ मा नेपालको आयात गरिएका प्रमुख वस्तुहरूमा इन्धन, यातायातका उपकरण, मेसिनरी तथा पार्टपुर्जा र औषधिी छन् । कुल वस्तुका आयातमा त्यस्ता वस्तुको हिस्सा करिब एक तिहाइ बराबर छ । यातायातका उपकरण तथा पार्ट्सको आयात करिब २ प्रतिशत, अन्य मेसिनरी तथा पार्ट्सका आयात २२ प्रतिशत र औषधिको आयात १२४ प्रतिशतले वृद्धि भएको छ। आ.व. २०७८/०७९ का केही महिनामा निर्यातमा केही बढोत्तरी हुँदा पनि निर्यात नगण्य भएको छ।

निर्यातको आधार सानो भएका कारण २०७८/७९ को ११ महिनामा कुल वस्तु निर्यात ५३ दशमलव ३ प्रतिशतले वृद्धि भई १ खर्ब ८५ अर्ब ४ करोड रूपैयाँ बराबर पुगेकाले पन्ध्रौँ योजनामा राखेको परिमाणात्मक लक्ष्य पूरा भएको छ । इन्धनको आयात ८१ प्रतिशतले बढेको छ। विदेशी मुद्राको सञ्चिति घटेको देखिन्छ। २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रूपैयाँ बराबरको कुल विदेशी विनिमय सञ्चिति १५ दशमलव ९ प्रतिशतले घटेर २०७९ जेठ मसान्तसम्ममा ११ खर्ब ७६ अर्ब ४ करोड रूपैयाँ कायम भएको देखिन्छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तसम्म ११ अर्ब ७५ करोड रूपैयाँ रहेकामा २०७९ जेठ मसान्तमा १९ दशमलव ६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड रूपैयाँ कायम भएको आधिकारिक विवरण छ। कुल विदेशी सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तसम्म १२ खर्ब ४४ अर्ब ६३ करोड रूपैयाँ रहेकामा २०७९ जेठ मसान्तसम्म १७ दशमलव १ प्रतिशतले कमी आई १० खर्ब ३१ अर्ब ९ करोड रूपैयाँ कायम भएको देखिन्छ।

बैंक तथा वितीय संस्थाहरूमा रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तसम्म १ खर्ब ५४ अर्ब ३९ करोड रूपैयाँ रहेकामा २०७९ जेठ मसान्तमा ६ दशमलव १ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ९५ करोड रूपैयाँ कायम भएको देखिन्छ। २०७९ जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ प्रतिशत रहेकामा आ.व. २०७८/०७९ को ११ महिनामा आयातलाई आधार मान्दा बैंक क्षेत्रसँग रहेको सञ्चिति झण्डै ७ महिना २ दिनको वस्तु आयात र ६ महिना ३ दिनका वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको भनिएको छ।

अत्यावश्यकबाहेकका विलासी वस्तुहरू आयातमा पछिल्लो समय कडा गरे पनि अर्थतन्त्रमा यसको असर न्यून मात्रामा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्