नयाँ पार्टी घोषणा गर्दै प्रभु साह, पत्रकार सम्मेलन गर्दै



काठमाडौं । स्वतन्त्र प्रतिनिधिसभा सांसद प्रभु साहले नयाँ पार्टी घोषणा गर्दैछन् । पार्टी घोषणाको कार्यक्रमअघि उनले आफ्नो समूहका नेताहरूबीच छलफल गरिरहेका छन् ।

नयाँ पार्टीबारे जानकारी दिन साहले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिस्टल प्यालेसमा आज दिउँसो ३ बजे आयोजना गरिएको छ ।

साह गत ४ मंसिरको निर्वाचनमा नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्