मधेस प्रदेशसभामा कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुँदै



जनकपुरधाम । मधेस प्रदेशसभामा दोस्रो ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन हुने भएको छ। उक्त दलको प्रदेश संसदीय दलको नेता निर्वाचन समिति संयोजक चन्द्रशेखरकुमार यादवले आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म पार्टीको प्रदेश कार्यालयमा मतदानको कार्यक्रम तय भएको जानकारी दिए।

संसदीय दलको नेताका लागि कृष्णप्रसाद यादव र रामसरोज यादवको उम्मेदवारी परेको उनले बताए। कृष्णप्रसादको प्रस्तावकमा वीरेन्द्रप्रसाद सिंह र सुनिलकुमार यादव तथा समर्थकमा जङ्गीलाल राय र नागेन्द्र साह रहेका छन्।

यसैगरी रामसरोजको प्रस्तावकमा कौशलकिशोर राय र समर्थकमा जीवछी यादव रेहेका छन्। यसअघि पार्टीको महाधिवेशनमा पनि प्रदेश सभापतिका लागि पनि उनीहरु दुवैबीच प्रतिस्पर्धा भएकामा कृष्णप्रसाद निर्वाचित चएका थिए।

प्रतिक्रिया दिनुहोस्