गण्डकी प्रदेशका सांसदले लिए शपथ



कास्की। गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन्। ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन्।

बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए। ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन्। राप्रपाका पञ्चराम तकु, कांग्रेसकी सरस्वती गुरूङ र पर्वती तामाङले मातृ भाषामा सपथ लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्