रुसले गर्‍यो युक्रेनमाथि १ सय मिसाइलको आक्रमण



एजेन्सी । रुसले फेरि युक्रेनमाथिको आक्रमणलाई तीव्रता दिएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहाकारले एक सयभन्दा बढी मिसाइल प्रहार गरिएको बताएका छन् ।

राजधानी किभमा दुईवटा विस्फोटका घटना भएका छन् । तर, त्यो विस्फोट मिसाइल आक्रमण हो वा हवाई आक्रमण भन्ने स्पष्ट भने भएको छैन ।

खारकिभ, ओडेसा र जाइटोमिर शहरमा पनि विस्फोट भएको जनाइएको छ । ओडेसाका स्थानीय नेता म्याक्सिम मार्चेंकोले यूक्रेनमा ठूलो परिणाममा मिसाइल आक्रमण भएको बताएका छन् । रुसी आक्रमणले युक्रेन तहसनहस भएको छ ।

प्रतिक्रिया दिनुहोस्