बुटवलमा जिप दुर्घटना, १ जनाको मृत्यु



बुटवल । बुटवलमा बोलेरो पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा प्युठानको गौमुखी गाउँपालिका वडा १ का २८ वर्षिय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही स्थानका २९ वर्षिय सुरेश तामाङ र मीनबहादुर तामाङ घाइते भएका छन्। घाइते सुरेश तामाङको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बोलेरो पिकअप जिप शुक्रबार राति बुटवलको अस्पताल लाइनमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्