वर्षमान भन्छन्- म अहिल्यै मन्त्री बन्दिनँ, युवालाई सरकारमा पठाएर पार्टी निर्माणमा लाग्छु



काठमाडौं । नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुनले आफू सरकारमा सहभागी नुहने बताएका छन्। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेता पुनले युवा नेताहरुसँगको छलफलका क्रममा सो कुरा बताएका हुन्।

‘म सरकारमा जान्नँ, अहिले मन्त्री बन्ने बेला होइन’ उनले भने, ‘अहिले मेरो सम्पूर्ण ध्यान पार्टी बलियो बनाउने र यसलाई पुनर्जीवित गर्ने नै हुन्छ।’

पार्टीका युवा नेताहरूलाई सरकारमा पठाएर आफूहरू पार्टी निर्माण र सरकारलाई सफल पार्ने अभियानमा जुट्ने उनले बताए।

नयाँ सरकार गठनसँगै जनता र पार्टीमा उत्साह छाएको बताउँदै नेता पुनले जनताको अपेक्षाअनुरूप सरकारलाई सफल पार्न र पार्टीलाई पुनर्जीवित गर्नुपर्ने जिम्मेवारी आएको बताए।

प्रतिक्रिया दिनुहोस्