नेकपा एकीकृत समाजवादीको बैठक जारी, सरकारमा जाने-नजाने बारे निर्णय गर्ने



काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहान ११ बजेदेखि चलिरहेको छ । शनिबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सक्ने तयारी गरिएको हो ।

स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्ने बताएको छ । यस बैठकले आगामी पार्टीको योजना र कार्यक्रमका विषयमा समेत निर्णय गर्ने एक नेताले बताए । स्थायी समिति बैठक सकिए लगत्तै पोलिटब्यूरो बैठक र केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्