पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग



काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग माग गरेका हुन् ।

उनले महानगरको तर्फबाट पोखरलाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरिसकेको भन्दै संघीय सरकारले यसलाई औपचारिक रुपमा घोषणा गर्नुपर्ने माग गरेका हुन् ।

सम्बोधनको क्रममा मेयर आचार्यले पूर्वपर्यटन तथा नागरिक उडड्यन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको स्मरण समेत गरे।

प्रतिक्रिया दिनुहोस्