जब प्रधानमन्त्री प्रचण्ड आन्तरिक यात्रु कक्षतिर मोडिए…



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न पोखरा पुगेका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भीआईपी कक्ष छाडेर आन्तरिक यात्रु कक्षतिर मोडिए । सामान्यतया देशको उच्च पदस्त व्यक्तिहरुलाई सामान्य नागरिक हिड्ने बाहेकको बाटोको व्यवस्था गरिएको हुन्छ । पोखरामा पनि गरिएको थियो ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उनी ‘सरल’ देखिए। खासमा उनी सर्वसाधारणसँग विमानस्थलबारे प्रतिक्रिया लिने मुडमा रहेछन्।

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि उनी एकाएक भीआईपी कक्ष छाडेर आन्तरिक यात्रु कक्षतिर मोडिएका उनले केही यात्रुहरुसँग कुराकानी पनि गरे ।

छिटो निर्णय क्षमता प्रचण्डको विशेषता हो। सार्वजनिक र निजी जीवनमा उनी यस्तो विशेषता देखाइरहेकै हुन्छन्। उनलाई बुझ्नेहरु भन्छन्, ‘कठोरमा कठोर र सरलमा सरल उनको परिचय हो ।’

उनले आन्तरिक पर्यटकहरुसँग विमानस्थल कस्तो लाग्यो ? भन्ने प्रश्न गरे। भारतको कर्नाटकबाट आएका एक पर्यटकले सुन्दर भएको संक्षित उत्तर दिए। प्रचण्ड रोकिएनन्। नजिकै प्रधानमन्त्री पाएपछि केहीले सेल्फी मोह देखाए। केहीले बधाई दिन भ्याए। केहीले नानीबाबुसँग फोटो खिचाए।

‘यो त विदेशमै जस्तो भयो’, पोखराका रविन अधिकारीले भने, ‘हामीले पनि विदेशमा जस्तै सर्वसाधरणसँगै हाम्रो प्रधानमन्त्री प्रचण्ड देख्न पाइयो।’

विदेशी र स्वदेशी यात्रुसँगको भलाकुसारीपछि उनी काठमाडौं फर्किए। ‘कहिल्यै प्रचण्डलाई नजिकबाट देखिएको थिइन। एकदमै सरल मान्छे हुनुहुँदो रहेछ’, काठमाडौंबाट बिदा मनाएर फर्केकी राधिका न्यौपानेले भनिन्।

प्रतिक्रिया दिनुहोस्