शेखर कोइराला समूहको बैठक बस्दै, आगामी रणनीतिबारे छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । आगामी केन्द्रीय कार्यसमिति बैठकका लागि रणनीति बनाउन नेता कोइरालाले आफ्नो समूहको बैठक बोलाएका हुन् ।

बैठक बिहीबार दिउँसो १ बजे बत्तिसपुतलीस्थित एक होटलमा बस्दैछ । बैठकमा पार्टीको संसदीय दलको निर्वाचन, निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २८ गतेका लागि तय भइसकको छ ।

यसअघि पुस २२ गतेका लागि बैठक तय भए पनि बुधबार बैठकको मिति परिवर्तन गरिएको हो । केन्द्रीय कार्यसमिति बैठक भन्दा अगाडि २३ गते शनिबार संसदीय दलको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्