सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ पुग्यो



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय ६ रुपैयाँ पुगेको छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ४ सय थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्