अर्थ सचिवमा तोयम राया, राजस्वमा रामप्रसाद घिमिरे



काठमाडौं । मन्त्रिपरषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याएको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै, अर्थ मन्त्रालय अन्तर्गतको राजस्व सचिवमा भने रामप्रसाद घिमिरेलाई ल्याइएको छ । अर्थतन्त्र सुधारका लागि सरकारले अर्थ र राजश्व सचिवमा सरुवा गरेको ती मन्त्रीले जानकारी दिएका छन् ।यसअघि अर्थसचिव कृष्णहरि पुष्कर थिए भने राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए ।

प्रतिक्रिया दिनुहोस्