एमालेका हिक्मत कार्की १ नम्बर प्रदेशको मुख्यमन्त्री बन्दै



विराटनगर । एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।

गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो। कार्की हाल प्रदेश १ एमाले संसदीय दलका नेता हुन्।

१ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ। सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।

प्रदेश १ सरकारको नेतृत्व एमालेबाट कार्कीले गर्ने गठबन्धन दलहरूले बताएका छन्। झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस्