आन्दोलन छोडेर अनुसन्धानमा सघाउन गृहमन्त्री रविको आग्रह



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणवद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।

सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले विशेष टोली परिचालन गरि घटनाबारे छानविन गरिरहेकाले धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेले आग्रह गरेका हुन् ।

“मन्त्री भइसकेपछि धर्नामा रहनु भएकी रुबी खानलाई दुई पटक टेलिफोन सम्पर्क गरेर घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन भनेका थियौँ”, गृहमन्त्री लामिछानेले भने ।

यसअघि गत सोमबार लामिछानेले गृह मन्त्रालयमा गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको टोलीबीच छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०लाई सत्यतथ्य छानविन गरि प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन् । सीआईबीको विशेष टोली परिचालन गरि घटनाको अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्