कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसक्यो, काम गरौँ : माधव नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसकेको भन्दै काम गरेर देखाउन पर्ने बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएको हो ।

उनले भ्रष्टाचारको जड राजनीतिक इच्छाशक्तिको कमी भएको कारण भएको भन्दै त्यसलाई निराकरण गर्नुपर्ने बताएका हुन् । उनले भ्रष्टाचार ठूलो समस्या बनिसकेको बताए।

गफ ठूलो गर्ने, तर आफैं भ्रष्टाचारको संरक्षक, उत्प्रेरक हुने गरेको भन्दै उनले भने, ‘आफू संलग्न नहुने, भ्रष्टाचारको कारण खोजी गर्ने र संलग्न जो सुकै किन होस्, दण्डित गर्न सक्यौं भने अरु धेरै गर्न सकिन्छ।’

उनले अघि भनेका छन्, ‘कुरा कम गरौं, काम धेरै गरेर देखाऔं । कुरा सुन्दासुन्दा हाम्रो कान थाकिसक्यो, हामी वाक्क दिक्क भइसक्यौँ। हामीलाई गफाडीको राजा पनि भन्न सकिन्छ। त्यस्तो संस्कारलाई बोकेर अगाडि नबढौं।’

प्रतिक्रिया दिनुहोस्