संसद्‍मा बलियो प्रतिपक्षी भएन भने सरकार निरंकुश बन्छ : अध्यक्ष केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संसदीय व्यवस्थामा प्रतिपक्ष विहीन अवस्था बनेकोप्रति असन्तुष्ट व्यक्त गरेका छन् । नेपालमा आज विचित्र के भयो भने भएभरको सबै सरकारमा बस्ने । सत्ता पक्षमा बस्ने यो भन्दा के आनन्द होला !, उनले भने, यो कुन किसिमको समर्थन हो मैले नै बुझेको छैन ।

उनले प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गरेपछि धेरै कुरा आएको बताए । हुँदा हुँदा विगतका भएका संसद् विघटनका कुर आयो । संसद् विघटन गर्न पाउनुपर्छ भनेर कुरा आयो, उनले भने ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै सांसद केसीले यस्तो बताएका हुन् । संसद्‍मा सबैभन्दा ठूलो नेपाली कांग्रेसले पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन दिएकोप्रति लक्षित गर्दै नेता केसीले यस्तो टिप्पणी गरेका थिए । यस क्रममा उनले आफ्नो पार्टी जनमोर्चाले यो सरकारलाई समर्थन नदिएको बताएका थिए । जनमोर्चासँगै नेमकिपाले पनि यो सरकारलाई विश्वासको मत दिएको छैन ।

अध्यक्ष केसीले संसद्‍मा बलियो प्रतिपक्षी भएन भने सरकार निरंकुश हुने भन्दै चिन्ता व्यक्त गरेका थिए । अध्यक्ष केसीले भने, मैले बुझेको संसद्मा प्रतिपक्ष हुन्छ । सबै साथीहरुलाई सरकारमा सामेल भएर विगतमा भएका कमीकमजोरी ढाक्नलाई हो । यो त्यो ढाल त हैन ? यो डरलाग्दो विषय हो । सबै दललाई सरकारमा सामेल हुनुपर्ने । सरकारमा गएर एउटालाई पन्छाउने अर्को आउने दाउ त हैन यो रु यसले डरलाग्दो अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्