दीपिकाले लगाएको औँठीकै मूल्य ३ करोड, घुम्टोमा सुनको धागो



एजेन्सी : अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा लगनगाँठो कसिसकेका छन । 

उनीहरुको विवाहको तस्बिर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । दुलही र दुलाहाको पहिरनमा सजिएका दीपिका र रणवीरको तस्बिर फ्यानहरुले निकै मन पराइरहेका छन् । 

दीपिकाले लगाएको इन्गेजमेन्ट रिङ्गले धेरैको ध्यान खिचेको छ । साथै अहिले दीपिकाको इन्गेजमेन्ट रिङ्गको मूल्यको पनि चर्चा भइरहेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार दीपिकाले लगाएको इन्गेजमेन्ट रिङ्गको मूल्य १.३ करोड देखि २.७ करोड भारतीय रुपैयाँ बराबरको हो । साथै दीपिकाले लगाएको मंगलसुत्रको मूल्य २० लाख रुपैयाँ भएको बताइएको छ । उनले रणवीर सिंहका लागि झण्डै २० तोलाको सिक्री पनि किनेकी थिइन् ।

यसैगरी दीपिकाले ओढेको घुम्टी पनि विशेष थियो । उनको घुम्टीमा गोल्डेन कढाई गरेर ‘सदाः सौभाग्यवती भवः ।।’ लेखिएको थियो । कढाई गर्दा कुनै सामान्य धागोको प्रयोग नभई सुनको धागो प्रयोग गरिएको थियो । दीपिकाको लागि यो घुम्टी रणवीर सिंहको परिवारको तर्फबाट बनाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्