मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बिहान ११ बजे बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्नेछ। बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत प्रधानमन्त्री प्रचण्डले गरेका छन्। जिम्मेवारी प्राप्त नगरेका चार मन्त्रीलाई मन्त्रालय पनि बिहीबार नै तोकिने सम्भावना रहेको छ।

मन्त्रिपरिषद् विस्तारबारे एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीसँग बुधबार बेलुकी प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। दिउँसो तीन बजे सत्ता साझेदार दलहरुको बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस्