कर्णालीका मुख्यमन्त्री शर्मा आज शपथ लिँदै



सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउने भएका हुन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भिमराज थानीका अनुसार बिहीबार दिउँसो चार बजे शपथ ग्रहणको कार्यतालिका तय गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले बुधबार माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादी गरेर २५ जना सांसदको समर्थन रहेको छ। कर्णालीमा ८ वटा मन्त्रालयबाट घटाएर ७ मन्त्रिपरिषद् बनाउन लागिएको छ। मुख्यमन्त्री शर्मासँगै अन्य मन्त्रीहरुको पनि नियुक्त र शपथ हुने दलहरुले बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्