रोल्पामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते



रोल्पा । गंगादेव गाउँपालिका-४ सिस्नेमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। गंगादेव गाउँपालिका-७ राँकबाट तेल लिन खाली ड्रम बोकेर सल्यानतर्फ गइरहेको रा१त ४१६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय चालक अमर वलीको मृत्यु भएको हो। मृतक वली गंगादेव-७ तिम्ले निवासी हुन्।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ट्याक्टरमा सवार गंगादेव-७ का १७ वर्षीय राजेश केसी र सोही ठाउँका २२ वर्षीय विरवर केसी घताइते भएका छन। उनीहरुलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ । ट्याक्टर सडकबाट २०० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्