प्रधानमन्त्री प्रचण्ड भन्छन्- मैले जनता र राष्ट्रको पक्षमा केही नयाँ काम गर्ने अठोट गरेको छु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले तेस्रो कार्यकाल प्रधानमन्त्री भएपछि जनता र राष्ट्रको पक्षमा केही नयाँ काम गर्ने अठोट लिएको बताएका छन्। आइतबार राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुरको सानो ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘मैले यसपटक प्रधानमन्त्रीको रुपमा जनता र राष्ट्रको पक्षमा राम्रा केही नयाँ काम शुरु गर्ने अठोटसहित सपथ ग्रहण गरेको छु,’ उनले भने। उनले ती राम्रा काम के हुन् भन्ने चाहिँ खुलाएनन्। प्रधानमन्त्री प्रचण्डले नेपालमा योग, ध्यान, र आध्यात्मिक चिन्तनको परपम्परा पुरानो भएको बताए। उनले माघ १ गते योग दिवस मनाउने गरेको भए पनि जनस्तरमा धेरै पहिलादेखि सुरु भएको सम्झिाए। योग र ध्यानको महत्व संसारभर नै बढेको उनले दाबी गरे।

प्रचण्डले भौतिक रुपमा विकसित भएका मुलुकहरु आध्यात्मिक कमीका कारण मानसिक रुपमा कमजोर भएको टिप्पणी गरे। उनले योग र ध्यानलाई विकासलाई मनोवैज्ञानिक रुपमा अघि बढाउनु पर्ने उल्लेख गरे। उनले योग शिक्षाका बारेमा संस्थागत रुपमा व्यवस्थापनका लागि कोसिस गर्ने प्रतिबद्धतासमेत जनाए।

प्रतिक्रिया दिनुहोस्