दुर्घटनामा परेको जहाजमा चालक दलसहित ७२ जना थिए सवार



काठमाडौं । काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको छ। आइतबार बिहान पोखराका लागि उडेको एनलाइन-एएनसी एटिआर-७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना परेको यति एयरलाइन्सले जनाएको छ।

विमानमा यात्रु संख्या ६८ र चालक दलका ४ जना सदस्य रहेका थिए। यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलका अनुसार दुर्घटनाग्रस्त विमानमा लागेको आगो निभाउने प्रयास जारी छ। विमानमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्