पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव भेटियो



काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा ३५ जनाको शव निकालिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेकबहादुर अधिकारीले ३५ जनाको शव फेला पारिएको बताए।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो। विमान दुर्घटनामा ६२ जना नेपाली र १० जना विदेशी यात्रु रहेको खुलेको छ।

घाइतेहरुको उद्धार कार्य जारी छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्