पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू



काठमाडौँ। पोखरामा जहाज दुर्घटनामा परेपछि अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू भएको भएको छ।

आइतबार बिहान ११ः५० मा सेती खोंचमा जहाज दुर्घटनामा परेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको थियो। दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारको काम जारी छ।

विमानस्थल कार्यालयका अनुसार दुर्घटना अगाडिसम्म पाइलटले एटीसीसँग सम्पर्क गरिरहेका थिए। त्यसपछि जहाज दुर्घटनामा परेको हो। दुर्घटनापछि फायर फाइटिङसहित सबै संयन्त्र खटिनु परेका कारण विमानस्थल बन्द गरिएको थियो। जसले उडानहरु अवरुद्ध बनेका थिए। अहिले भने पूर्वनिर्धारित उडानहरु पुनः सुरू गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्