विमान दुर्घटना : काठमाडौंबाट गएको फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम



पोखरा । विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा। गोपाल चौधरी र डा.समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् ।

दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। भरतबहादुर खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । चार जनाको शवको खोजी भइरहेको छ । भेटिएका शवमध्ये २६ जनाको पहिचान भएको छ । दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्