प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पार्टीहरुको बैठक भोली



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीहरुको बैठक मंगलबार भोली बस्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार बिहान गरेको छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत दिने पार्टीहरुको बैठक हुने बताएका हुन्। सभामुख लगायतका पदहरुमा हुने भागबण्डाको विषयमा सोधिएको प्रश्नमा उनले भने- ‘भोलि विश्वासका मत दिने पार्टीहरुको बैठक छ। भोलि थाहा हुन्छ।’

पुस २६ गते विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डलाई २६८ मत प्राप्त भएको थियो। प्रमुख प्रतिपक्षी दल हुने अपेक्षा गरिएको नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्ड उसलाई पनि पदीय भागबण्डा मिलाउन इच्छुक देखिएका छन्।

त्यस्तै, प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय आजै ९सोमबार० टुंगिने बताएका छन्। बालकोटबाट बाहिरिने क्रममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने( ‘आजै टुंगिन्छ हाम्रो।’ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका र ११ गते सपथ लिएका उनले अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्