राप्रपाबाट प्रधान कानुनमन्त्री , विक्रम पाण्डेलाई सहरी विकास मन्त्रालय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यष राजेन्द्र लिङ्देनसँगै ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री बन्ने छन् । सहरी विकासमन्त्री उपाध्यक्ष पाण्डे जाने भएका छन् भने प्रधान कानुमन्त्री बन्ने भएका छन् ।

सुरुमा प्रधानलाई सहरी विकास मन्त्रालय भनिएको थियो । तर पाण्डेले युवा तथा खेलकुदमा जान चाहेनन् । अहिले मन्त्रालय साटफेर भएको छ । राप्रपाले युवा तथा खेलकुद छाडेर कानुन लिएको छ । त्यसमा प्रधानलाई पठाएर पाण्डेलाई शहरी विकासमन्त्री दिने तय भएको एक पदाधिकारीले जानकारी दिए । राज्यमन्त्रीमा दीपक सिंहको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्