सुनको मूल्य तोलाको १ लाख ५ हजार १ सय रुपैयाँ



काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सय पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर १ हजार ३ सय ९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्