मधेसका मुख्यमन्त्रीले कांग्रेससँग मागे विश्वासको मत



जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन् । मुख्यमन्त्री यादवले कांग्रेसका प्रदेश अध्यक्ष एवम् संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भेटेर विश्वासको मत दिन आग्रह गरेका हुन् ।

प्रदेशसभा बैठकमा आज मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै छन् । गत पुस २७ गते ६३ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए । लोसपाले पनि पछि समर्थन गरेपछि उनलाई समर्थन सांसदको संख्या ७२ पुगेको छ ।

उनलाई एमालेको २३, जसपाको १६, जनमत १३, लोसपाको ९, माओवादी ७, दुई स्वतन्त्र सांसदको समर्थन छ । १०७ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको आवश्यकता पर्छ । नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका पनि १(१ सांसदको समर्थन यादवलाई छ ।

प्रतिक्रिया दिनुहोस्