सुपर कपको उपाधि इन्टर मिलानले जित्यो



काठमाडौं । इन्टर मिलानले बुधबार राति सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई ३-० ले हराउँदै इटालियन सुपर कपको उपाधि जितेको छ। साउदी अरबको रियादस्थित किंग फाहद अन्तर्राष्ट्रिय रंगशालामा इन्टरले दशौँ मिनेटमा फेडेरिको डिमार्कोले गरेको गोलबाट अग्रता लिएको थियो।

इडेन जेकोले २१ औँ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए। ७७ औँ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि इन्तरले सहज जित निकालेको हो। इन्टरले मिलानलाई इटालियन कपको फाइनलमा हराएको यो पहिलोपटक हो। यसअघि, सन् १९७७ को कोपा इटालिया र २०११ को इटालियन सुपर कपमा इन्टर मिलानसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्