मधेसमा सिटिजन्स बैंकका २ शाखा थप



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ वटा शाखा कार्यालय विस्तार गरेको छ। बैंकले मधेस प्रदेशमा सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोकमा गरी थप २ शाखा सञ्चालनमा ल्याएको हो।

योसँगै बैंकका शाखा सङ्ख्या १८२ पुगेको छ । यो बैंकले मधेस प्रदेशका सबै जिल्लामा उपस्थिति जनाएर जम्मा २९ वटा शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्