रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन् । रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिएका छन् ।

संसदीय दलको उपनेतामा चयन भएका श्रेष्ठ काठमाडौं क्षेत्र नं ८ बाट प्रतक्ष्य निर्वाचित सांसद छन् भने प्रमुख सचेतकमा चयन भएका परियार समानुपातिक सांसद छन् । रास्वपा संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसकेका छन् । पार्टीबाट हाल प्रतिनिधिसभामा बीस जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्