
काठमाडौं । भूकम्प आउने हल्ला फैलिएपछि हुम्ला, मुगु र बाजुराका स्थानीय रातभर चिसोमा जाग्राम बसेका छन्। भूकम्प आउने त्रास फैलिएपछि नागरिकहरू रातभर सडकमै बसेका हुन्।
नागरिकलाई चिसोमा रातभर घर बाहिर बसाउने गलत काम गर्ने व्यक्तिलाई कारबाहीका लागि खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालय हुम्ला र मुगुले जनाएको छ। त्यस्ता, मित्था हल्ला फैलाउनेलाई कारबाहीका लागि सहजीकरण गर्न प्रशासनले अनुरोध गरेको छ । गत माघ १० गते बाजुरालाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो।