प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख छ हजार तीन सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख पाँच हजार पाँच सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्