एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ। चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाउन लागेको हो।

मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको एकीकृत समाजवादीको प्रचार विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्