माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित



काठमाडौं । नेकपा माओवादी केन्द्रको बुधबारलाई बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए।

माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।

प्रतिक्रिया दिनुहोस्