कांग्रेसलाई विपक्षी दलको हैसियत नदिन परेको रिट सर्वोच्चले अस्वीकार



काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले विपक्षी दलको हैसियत गुमाएको जिकिर गर्दै परेको रिट सर्वोच्च अदातलले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ।

सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले यो संसदको आन्तरिक विषय भएकाले दर्ता गर्न अस्वीकार गरेको बताए।

अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा नेपाली कांग्रेस संसदीय दलका नेता वा विश्वासको मत दिएका अन्य दलका नेतालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुन रोक लगाउन समेत माग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्