रविको नाम लिएर कर्णालीमा एक युवाको आत्मदाह प्रयास



काठमाडौं । रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको छ । परीक्षक निरीक्षक याम बहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला।’

प्रतिक्रिया दिनुहोस्