इस्कान जनकपुरले धार्मिक रथयात्रा निकाल्ने, रथयात्रामा विदेशी अनुयायीहरु पनि आउने 



 

मानवजातको सुख, संम्वृद्वि र शान्तिको लागि जनकपुरमा रथयात्रा निकालिने भएकाे छ । शनिबार पत्रकार सम्मेलनको आयोजन गरी रथयात्रा निकाल्नेबारे इस्कान जनकपुरका राजेश शर्माले जानकारी दिए।

जनकपुरधामस्थित स्थानीय गोविन्द मन्दिर प्रांगणमा पत्रकार सम्मेलनको आयोजना गरेर मंसिर १९ गते बुधबारका दिन इस्कान मन्दिर, जनकपुरको अगुवाईमा भगवान जगन्नाथ, बलदेव र सुभद्रा महारानी आफ्नो स्थान आउने र पीडारी चाेकबाट सुरु हुने रथयात्रा जनकपुरको नगर परिक्रमा गरेर ऐतिहासिक दुधमती नदी-बसबिट्टीमा शाही स्नान गरी समापन हुने बताइएको हो ।

रथयात्रामा सहभागी हुन जगन्नाथपुरीबाट सन्त महन्तहरु र विदेशी भक्तहरु पनि उपस्थित हुने सन्तोष यादवले जनाए । रथयात्रामा रसिया, क्यानडा, फ्रान्स, लन्डन, ब्राजिल लगायत १० देश भन्दा लगायतका देशबाट सहभागी हुन भक्तहरु आउन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

बुधबार एक दिने कार्यक्रम अनतर्गत श्री जगन्नाथ विग्रह रथारोहण, प्रमुख अतिथिद्वारा रथयात्रा उद्घाटन, प्रवचन र पूजापाठ गरी समापन हुने सञ्चारकर्मीहरुलाई जानकारी दिइएकाे छ । 

प्रतिक्रिया दिनुहोस्