सुनको मूल्य आज एकैदिन १४ सय रुपैयाँले घट्यो



काठमाडौं । हिजो बिहीवार मूल्य बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज शुक्रवार भने तोलामा एकैदिन १४ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ६ हजार १ सय रुपैयाँमा झरेको छ । बिहीबार हिजो तोलामा सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको पनि मूल्य घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन । सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा भाउ बढेको महासङ्घको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्