पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल आइसियुमा



काठमाडौं । पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा छन् । मङ्गलवारदेखि कटवाललाई आइसियुमा राखेर उपचार भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) कृष्णप्रसाद भण्डारीले बताएका छन् ।

मिर्गौलाको समस्याका कारण उनले नियमित डायलासीस गराउँदै आएका थिए । डायलासीसको क्रममा भर्ना गर्नुपर्ने देखिएपछि चिकित्सकहरूले उनलाई अस्पतालमै राख्ने निर्णय गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले २०६५ मा उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । दाहाल सरकारले बर्खास्तको निर्णय गरेपनि तत्कालीन राष्ट्रपति यादवले पुनर्बहाली गरेसँगै उनी सेनाको नेतृत्वमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्