माओवादी स्थायी समिति बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ। बैठकआज दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघि शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा शनिबारका लागि सारिएको थियो। बिहीबारको बैठक बस्न नपाउँदै सकिएको थियो।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले बैठक पटक–पटक स्थगित हुँदै आएको छ। यसअघिको स्थायी समिति बैठकमा २७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन्। पछिल्लो राजनीतिक घटनाक्रमको प्रभाव माओवादीको बैठकमा समेत परिरहेको छ।

प्रतिक्रिया दिनुहोस्