एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक अब बजारमा



काठमाडौं । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ । यो एक पेनिट्रेटिभ वाटरप्रूफिंग समाधान हो, जसले वाटरप्रूफिंग तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ ।

हाइड्रोलकको सबैभन्दा राम्रो कुरा यो हो कि, यो प्रयोग गर्न निक्कै सजिलो छ । यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ । हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँदछ जसले गर्दा यसलाई “वाटरप्रूफिङको च्याम्पियन“ को रूपमा स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्