गरगहनासहित १२ लाख बढीको चोरी गर्ने वीरगञ्जबाट पक्राउ



 

वीरगञ्ज। नगद, गरगहनासहित १२ लाख १० हजार बराबरको चोरी गर्ने एक जना युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ निवासी ५५ वर्षीय कपिल प्रसाद रौनियार कामको सिलसिलामा काठमाण्डौ गएको बेला घरमा कोही नभएको मौका छोपी चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। २ तल्ले घरको मूल ढोकाको ताल्चा फुटाई नगद १ लाख, गरगहना तथा अन्य सामान ११ लाख १० हजारसहित १२ लाख १० हजार मूल्य बराबरको सामान चोरी भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

गिरीका अनुसार पक्राउ पर्नेमा भारत बिहारको सितामढी ग्राम ६ का २० वर्षीय फैयाज आलमलाई पक्राउ गरिएको हो। आलमले नगद र गरगहनासहित २ थान एलईडी, १ थान क्यामरा र १ थान घडी चोरी गरेको पाइएको छ।

घरमा चोरी भएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा खटिएको अनुसन्धान अधिकृतसहितको सुटोलीले सुक्ष्म अनुसन्धान गरेर वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा काभाडामा बस्नेराजु आलम भन्ने फैयाल आलमले चोरी गरेको खुलेको प्रवक्ता गिरीले बताए। उनका अनुसार निजविरुद्ध चोरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्