हाम्रा परम्परा र स्वास्थ्य पर्यावरण



  • डा. केदार कार्की

काठमाडौं । हाम्रो पूर्वीय परम्परामा वसुधैव कुटुम्बकम्को चिन्तन गरिएको छ। यसअन्तर्गत सम्पूर्ण पृथ्वीको व्याख्या परिवारका रूपमा गरिएको छ। पृथ्वीमा सबै प्रकारका जीवनको आधार एउटै छ, अनि यिनको अधिकार बराबर छ। यी एकअर्काका पूरक पनि हुन् र एकअर्कामा निर्भर छन्।

यसै प्रकार पर्यावरणको सन्तुलनमा सबैको आ–आफ्नो भूमिका हुन्छ। प्राचीनकालमा पूर्वीय संस्कृतिमा पर्यावरण संरक्षणको महत्व थियो । मानवको प्रगति आसपासको पर्यावरण एवं प्रकृतिअनुसार भएको छ । प्राचीन मनिषीहरू एवं विद्वान्हरूलाई ज्ञान थियो कि जगत्का समस्त प्राणीहरूको जीवन पर्यावरणमै निर्भर गर्छ । यसैले तिनले सदैव प्रकृतिको संरक्षणका लागि चिन्तन गरे ।

प्राचीन धर्म ग्रन्थ, वेद, पुराणहरूमा श्लोकहरू एवं ऋचाहरूका माध्यमबाट प्रकृतिको महिमाको बखान गरिएको छ। वैदिक साहित्यबाट ज्ञात हुन्छ कि प्राचीन समयमा जलवायु परिवर्तनको अवस्था सन्तुलित थियो। आर्यहरूको धर्म प्रकृतिसँगै जोडिएको थियो।

आकाशका देवता सूर्य, वरुण ऋतुहरूका देवता, वर्षाका देवता इन्द्रलाई दैवी शक्तिका रूपमा उपासना गथ्र्यो। सम्पूर्ण प्राणीहरूको जीवन यिनै प्राकृतिक शक्तिहरूद्वारा सञ्चालन हुने गथ्र्यो। ऋग्वेदमा समग्र पृथ्वी सम्पूर्ण परिवेश परिशुद्ध रहोस्, नदी, पर्वत, वन, उपवन सबै स्वच्छ रहून् अनि मात्र स्वस्थ जीवनको सम्यक विकास सम्भव हुनेछ।

ऋग्वेदमा भनिएको छ कि पशुपक्षीहरू एवं जीवजन्तुहरूका आश्रय स्थान घना वनजङ्गल हुन्, यसैले रूखहरू काट्न निषेध थियो। यसैप्रकार यजुर्वेदको शान्ति पाठ मन्त्रमा ईश्वरसँग शान्ति बनाइराख्न प्रार्थना गरिएको छ, जसबाट जगत्का समस्त जीवहरू, वनस्पतिहरू एवं पर्यावरणमा शान्तिको भाव बनिरहोस् ।

प्राकृतिका तत्वहरूको उपासना

पूर्वीय संस्कृतिमा प्राकृतिक तत्वहरू– पृथ्वी, जल, अग्नि, वायु, सूर्य मात्र होइन, बरु परम्परागत नदीहरू, वनस्पतिहरू, जलाशय, पशुपक्षी, जीवजन्तुहरू, रूखहरूको पूजा, आराधना, उपासना गरिन्थ्यो । पीपल, नीम, तुलसी आदि बट वृक्षको पूजाको विधान पर्यावरण संरक्षणसँग नै सम्बन्धित थियो। जसद्वारा जीव जगत्लाई शुद्ध प्राणवायु प्राप्त हुन्थ्यो।

समस्त जीवहरूको मूल आधार पर्यावरणमा निहित छ । पूर्वीय संस्कृति र परम्परामा ऋषिमुनि आचार्य बविगण ले आरम्भदेखि नै पर्यावरणको महत्वलाई स्वीकार गरेका छन् । समस्त वैदिक साहित्य, पुराणहरू एवं लौकिक साहित्यमा पृथ्वी आकाश, वायु, जलजङ्गल आदि प्राकृतिक घटक तत्वहरू तथा तिनका विशेषताहरूको चित्रण राम्रोसँग गरेको देखिन्छ ।

प्राचीन पूर्वीय परम्परमा पर्यावरणको अपार उपयोगिताहरू एवं यसबाट प्राप्त स्वस्थ्य जीवनको रहस्य पनि सङ्कलित छन् । चरक संहितामा उल्लेख छ कि शुद्ध वातावरणमा उत्पन्न औषधिले शरीरलाई स्वस्थ्य एवं ओजपूर्ण बनाउँछ भने त्यही अशुद्ध वातावरण पर्यावरणबाट प्राप्त औषधि, अन्न, जल आदि शरीरलाई विपरीत प्रभाव पार्छन् । जलको जीवनमा विशेष महत्व छ ।

किनकि जीवनको आधार नै जल नै हो । महाभारतमा भनिएको छ कि फलफूल भएका रूखले मानिसलाई तृप्त गर्छ। वृक्ष दिने अर्थात् समाज हितमा वृक्ष लगाउनेहरू परलोकमा पनि वृक्षहरूको रक्षा गर्छन् । यसैगरी श्रीमद्भगवतगीतामा श्रीकृष्ण युधिष्ठिरलाई रूखहरूका महत्व बताउँदै भन्छन्– वृक्ष यति महान हुन्छन् कि परोपकारका लागि बाँच्छन्। यी आधा वर्षात एवं शीत स्वयं सहन गर्छन्।

जैन एवं बौद्ध परम्परामा पर्यावरण :

जैन एवं बौद्ध साहित्य तथा प्राचीन परम्पराहरूले पारिस्थितिक सद्भावका साथै पर्यावरण संरक्षणका लागि सिद्धान्तहरू स्थापना गरे । जैन धर्मका अनुसार जुन मानिस, पृथ्वी, वायु, अग्नि, वनस्पतिको अस्तित्वलाई मान्दैन, तिनलाई अस्वीकार गर्छ, उसले आफैँलाई अस्वीकृत गर्छ। किनकि तिनीहरू यी तŒवहरूसँग जोडिएका हुन्छन् । परोस्परोपग्रहो जीवानमा जैन ताŒवर्थ सूत्रको अर्थ हो कि जीवहरूको परस्परमा उपकार हुन्छ। बौद्ध धर्मको मत छ– पक्षीहरूमाथि हिंसाले पर्यावरणमा नराम्रो असर पर्छ । यसैले पञ्चशीलको प्रथम शीलमा कुनै पनि प्राणीलाई हिंसा नगर्ने प्रावधान छ ।

कौटिल्यले पर्यावरण संरक्षणका लागि सांस्कृतिक परम्पराहरूको रक्षा जलाशयहरू तथा नहरहरूको निर्माण राज्यका नागरिकको कर्तव्य हो भनिएको छ। कौटिल्यले जलाशयहरूलाई अशुद्ध गर्ने, वृक्षहरू नष्ट गर्ने एवं पशु हिंसा गर्नेलाई दण्ड दिने नीति निर्माण गरे, जसको मुख्य उद्देश्य पर्यावरण संरक्षणसँग जोडिएको छ।

प्राचीन पूर्वीय विद्वान्हरूलाई वर्षौंपहिले नै थाहा थियो कि मानिस आफ्नो क्षणिक सुखका लागि पर्यावरणको दोहन गर्नेछ। जसबाट सबै प्राणीहरूको जीवन सङ्कटमा पर्न सक्छ एवं त्यो स्थिति वर्तमानमा सत्य सावित हुँदै छ, जसका लागि मानिस स्वयं उत्तरदायी छ। यसबेला वैश्विक स्तरमा प्रदूषणयुक्त वातावरण जीवजन्तुहरूको प्रजातिहरू विलुप्त हुनु, जलवायु असन्तुलन एवं तापमानमा अत्यधिक वृद्धि हुनु आदि जीवनका लागि सङ्कटमय भएको छ।

जसमाथि विचार गर्नु नै सार्थक मात्र नहोला, बरु स्वस्थ पर्यावरण निर्माण गर्नका लागि पुनः प्राचीन पूर्वीय संस्कृति एवं परम्परा अवलम्बन गर्नुपर्ने हुन्छ। यसका लागि प्रत्येक मानिसलाई प्रकृतिप्रति आफ्नो कर्तव्य पालना गर्दै व्यक्तिगत स्तरमा वृक्षरोपणको सीमित प्रयोग गर्नुपर्ने हुन्छ।

अनि मात्र सन्तुलित जलवायु एवं स्वास्थ्य पर्यावरणको दिगो विकासको सपना पूरा होला, अर्थात् हामी हाम्रो वरिपरिको वातावरण पर्यावरण एवं पारिस्थितिक प्रणाली कस्तो चाहन्छौँ हामी आफैँमा निर्भर छ। अरू कसैले भनिदेलान् गरिदेलान् भन्ने हो भने स्थिति आजभन्दा खराब हुँदै जाने निश्चित छ । यसको सुरुआत आजैबाट गर्नुपर्ने हुन्छ । भोलि गरौँ भन्ने छुट आजको मानवीय सभ्यतालाई छैन ।

प्रतिक्रिया दिनुहोस्